close

मिक्लाजुङमा घुम्ती पशु स्वास्थ्य शिविर

मिक्लाजुङमा घुम्ती पशु स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

माेरङ - मिक्लाजुङ गाउँपालिकाले घुम्ती पशु स्वास्थ्य शिविर तथा  औषधी वितरण कायर्क्रम सञ्चालन गरेको छ । पालिकाभित्रका पशु पालक कृषकलाई पशुपालनबारे जानकारी दिनको लागि शिविर सञ्चालन गरेको हो । 

गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष पर्वत राईका अनुसार गाउँपालिकाले १६ गतेदेखि शिविर सञ्चालन गरेको हो । गाउँपालिकाले वडा/वडामा पशु चिकित्सकसहितको टोली लगेर शिविर सञ्चालन गरेको उनले पालिकाखबरलाई सुनाए । 

९ वटा वडामध्ये ९, ७ र २ कार्यपालिका भवन नजिक भएको र सो वडामा शिविर सञ्चालन नहुने उनको भनाइ छ । शिविरमा सहभागी भएका पशुपालक कृषकलाई पशुपालनसम्बन्धी जानकारी दिने र आवश्यक औषधी निःशुल्क दिने उनले बताए । 

गाउँपालिकाले पशुहरुका लागि जुका, भिटामिन तथा नाम्लेको औषधी निःशुल्क वितरण गर्ने उनले सुनाए । गाउँपालिकाका वडा नम्बर १ र ४का सतप्रतिशत पशुपालन तथा अन्य वडाका अधिकांशले पशु पाल्ने गरेको उनले बताए ।