close

१४ हजार बाख्रालाई पीपीआरविरुद्धको खोप

१४ हजार बाख्रालाई पीपीआरविरुद्धको खोप

Trulli
ADVERTISEMENT

रामेछाप- खाँडादेवी गाउँपालिकामा १४ हजार बाख्रालाई पीपीआर रोगविरुद्धको खोप लगाएको छ । 

पीपीआर नियन्त्रण तथा रोकथामका लागि वडा नम्बर ५ गोगनपानीबाट सुरु गरिएको सप्ताहव्यापी खोप अभियान मंगलबार सम्पन्न भएको गाउँपालिकाका पशु स्वास्थ्य अधिकृत कुमार पाठकले पालिकाखबरलाई जानकारी दिए । 

पीपीआर बाख्रामा लाग्ने एक खालको हैजा हो । यो रोग लागेपछि बाख्रालाई ज्वरो आएर मर्ने समस्या हुन्छ । खोप नलगाएका बाख्रालाई रोग लागेपछि बचाउन नसकिने उनले बताए । खोप लगाएका बाख्रामा रोग लागे पनि ८० प्रतिशत बाँच्ने सम्भावना हुन्छ । पशु सेवा कार्यालय सिन्धुलीको आयोजना तथा खाँडादेवी गाउँपालिका पशु विकास शाखाको समन्वयमा खोप अभियान सम्पन्न भएको हो ।