close

चार हजार बाख्रालाई पीपीआरविरुद्धको खोप

चार हजार बाख्रालाई पीपीआरविरुद्धको खोप

Trulli
ADVERTISEMENT

भक्तपुर- सूर्यविनायक नगरपालिकाले तीन हजार ९१२ बाख्रालाई पीपीआर रोगविरुद्धको खोप लगाएको छ । 

पीपीआर नियन्त्रण तथा रोकथामका लागि गत १६ गतेदेखि २२ गतेसम्म खोप लगाइएको पशु स्वास्थ्य अधिकृत डा. मृनल शाक्यले पालिकाखबरलाई जानकारी दिइन् । उनका अनुसार वडा नम्बर ४, ५ र ६ मा १६ र १७ गते सम्पन्न शिविरमा ९९३ बाख्रालाई खोप लगाइएको हो । 

त्यस्तै वडा नम्बर १, २ र ३ मा फागुन १८ र १९ गते शिविर सम्पन्न भएको थियो । त्यहाँ ६६९ बाख्रालाई खोप लगाइएको छ । साथै २० गतेदेखि २२ गतेसम्म वडा नन्बर ७ देखि १० सम्म सम्पन्न भएको शिविरमा दुई हजार २५० बाख्रालाई खोप लगाइएको छ । 

पीपीआर बाख्रामा लाग्ने एक खालको हैजा हो । यो रोग लागेपछि बाख्रालाई ज्वरो आएर मर्ने समस्या हुन्छ । खोप लगाएका बाख्रामा रोग लागे पनि ८० प्रतिशत बाँच्ने सम्भावना हुन्छ भने खोप नलाइएको बाख्रालाई रोग लागेमा बाँच्ने सम्भावना लगभग शून्यजस्तै रहेको पशु स्वास्थ्य चिकित्सकको भनाइ छ ।