close

२ महिनादेखि बन्द रसुवागढी नाका पुनः सुचारु

२ महिनादेखि बन्द रसुवागढी नाका पुनः सुचारु

Trulli
ADVERTISEMENT

काठमाडौं - उत्तरी छिमेकी चीन जोड्ने रसुवा नाका २ महिनादपछि खुलेको छ । बाढीपहिरो तथा अन्य कारण देखाउँदै चिनियाँ पक्षले बन्द गरेको उक्त नाका सुचारु भएपछि सामान लोड भएका ट्रक नेपाल आउन सुरु गरेका छन् । 


रसुवा भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काका अनुसार बुधबारदेखि नाका खुलेको हो । नेपाली पक्षले नाका खोल्न ताकेता गरिरहे पनि चीनले विभिन्न कारण देखाउँदै २ महिनादेखि बन्द गरेको थियो । 


रसुवागढी नाका नखुलाउँदा नेपाली व्यवसायीले चीनबाट आयात गरेका करोडौं मूल्य बराबरका सामान नाकामै थन्किएका थिए । नाका नखुल्दा नेपाली उद्योगी व्यवसायीका सयौं मालवाहक कन्टेर चिनियाँ भूभागमै रहेका थिए ।


रसुवागढी नाकाबाट नेपाली व्यवसायीले आउँदो पर्वका लागि लत्ताकपडा, फलपूmल, विद्युत् सामग्रीलगायत वस्तु आयात गर्न खोजे पनि सफल भएका थिएनन् ।