close

नागरिक कोषको पेन्सन योजनामा एनआईसी एसिया बैंक साझेदार

नागरिक कोषको पेन्सन योजनामा एनआईसी एसिया बैंक साझेदार

Trulli
ADVERTISEMENT

काठमाडौं - सर्वसाधारणलाई बचत गर्न प्रोत्साहित गर्ने र त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने उद्देश्यले नागरिक लगानी कोषले सञ्चालन गरेको ‘नागरिक पेन्सन योजना’ मा एनआईसी एसिया बैंक बैंकिङ पार्टनरमा नियुक्त भएको छ ।


सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका थिए


सम्झौतापछि नेपालको आर्थिक रुपान्तरण र सर्वसाधारणको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।


पेन्सन योजनाअन्तर्गत आयआर्जन गर्ने, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ,संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने बैंकले जनाएको छ ।


योजनाका सहभागीले न्यूनतम मासिक ५ सयदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान छ ।


बैंकले हाल मुलुकभर ३ सय २६ शाखा, ४ सय ६७ एटिएम, १ सय ३ वटा एक्सटेन्सन काउन्टर एवं ६४ शाखारहित सेवामार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।