close

ओखलढुंगाका ८ तहले पाए २ अर्ब ६४ करोड ८७ लाख अनुदान

ओखलढुंगाका ८ तहले पाए २ अर्ब ६४ करोड ८७ लाख अनुदान

Trulli
ADVERTISEMENT

ओखलढुंगा– सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झन्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ४ प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।

 

आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट तल्लो सरकारमा जाने भएको छ । यसमध्ये प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट गएको छ ।

 

यसरी गएको रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरमा ९ अर्ब ७६ करोड र महानगरमा १० अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण हुनेछ ।

 

यसरी पाउने अनुदानमा ओखलढुंगाका ८ स्थानीय तह पनि छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले अन्य तहभन्दा बढी अनुदान पाएको छ । अनुदान दिइने मापदण्डमध्ये जनसंख्या, भूगोल आन्तरिक आय आदिका आधारमा नगरपालिकाले बढी अनुदान पाएको हो ।
सिद्धिचरणले कुल ४६ करोड ६ लाख पाएको छ । यसमा चालु पूजिगत विषेश र समपुरकसमेत जोडिएको छ ।

 

त्यस्तै, खिजीदेम्वाले २८ करोड ४४ लाख पाएको छ भने चिशंखुगढीले ३१ करोड १५ लाख पाएको छ । लिखुले ३० करोड ६० लाख, मोलुङले ३३ करोड ५९ लाख र मानेभन्ज्याङले ३५ करोड ५ लाख पाएका छन् । यी तहलाई सरकारले दिने चालु पुँजीगत विशेष र समपुरकसमेत अनुदान संघीय सरकारले दिएको छ ।

 

त्यस्तै, सुनकोसीले २९ करोड ५२ लाख र चम्पादेवीले ३० करोड ४६ लाख अनुदान पाएका छन् । यी तहले केही अनुदान पाएका छैनन् । त्यसमध्ये सुनकोसीले विशेष र समपुर दुवै अनुदान पाएको छैन ।

 

चम्पादेवीले विशेष अनुदान पाएको छैन । अनुदान कटौतीमा पर्नुको कारण नखुलाइए पनि वित्तीय अनुशासन, आन्तरिक आय, बजेट निर्माण, खर्च क्षमतालगायतको मूल्यांकनबाट संघीय सरकारले अनुदान व्यवस्था गर्दै आएको छ ।

 

संघीय सरकारले जिल्लामा २ अर्ब ६४ करोड ८७ लाख संघीय अनुदान पठाएको छ । प्रदेश सरकारले भने बजेट ल्याउन बाँकी रहेकाले बजेट ल्याएपछि पठाउनेछ ।