close

१५ असारभित्रै योजनाको भुक्तानी लगिसक्न सिदिङ्वाको निर्देशन

१५ असारभित्रै योजनाको भुक्तानी लगिसक्न सिदिङ्वाको निर्देशन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चालू आर्थिक वर्षभित्र सञ्चालित सबै योजना÷कार्यक्रमको भुक्तानी १५ असारभित्र लिइसक्न निर्देशन जारी गरेको छ ।


प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बू र लेखा अधिकृत वीरेन्द्र सिग्देलले संयुक्त सूचना जारी गर्दै तोकिएको मितिभित्र भुक्तानी लिन नआए, योजना तथा कार्यक्रम बाँकी रहे भुक्तानी र फर्स्याेट नहुने र त्यो अवस्थामा गाउँपालिका जवाफदेही नहुने बताइएको छ ।

 

चालू आव २०७७/७८ मा सञ्चालित सबै योजना, कार्यक्रमको १५ असार २०७८ भित्र पेस्की फस्र्योट र भुक्तानी गरिसक्ने गाउँ कार्यपालिकाले निर्णय गरेकाले सूचनामा सम्बन्धित कर्मचारी,उपभोक्ता समिति, निर्माण व्यवसायी, परामर्शदाता, उत्पादक कम्पनी, सप्लायर्स तथा बिक्रेतालगायत सरोकारवालालाई तोकिएको अवधिभित्र भुक्तानी लिइसक्न गाउँपालिकाले सूचित गरेको हो ।