close

इस्माको नीति तथा कार्यक्रम : अध्यक्ष रोजगारदेखि ४ हजार घरमा खानेपानी बन्दोबस्ती

इस्माको नीति तथा कार्यक्रम : अध्यक्ष रोजगारदेखि ४ हजार घरमा खानेपानी बन्दोबस्ती

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीको इस्मा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । इस्मा गाउँपालिकाको नवाँै गाउँसभामा अध्यक्ष लक्ष्मण विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष विमला खत्रीद्वारा प्रस्तुत बजेट सर्वसम्मत पारित भएको हो ।

 

गाउँपालिकाले ४२ करोड ७९ लाख ८१ हजार ५ सय ३४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आगामी बर्ष ‘अध्यक्ष रोजगार कार्यक्रम’ मार्फत स्थानीय स्तरमा रोजगारी प्रदान गरी जनताको आयस्तरमा वृद्धि गर्न न्यूनतम ३० दिने रोजगारी ३ सय ५० जनालाई प्रदान गर्नेछ ।

 

त्यस्तै, न्यूनतम पारिश्रमिक सुनिश्चित, विद्यालयमा कार्यरत स्थानीय स्रोत शिक्षक र गाउँपालिकाका करार कर्मचारीलाई मासिक २ हजार रुपैयाँ तलब वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम र बजेट व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्टले बताए । 

 

साथै, जनप्रतिनिधि निर्वाचित भएदेखिकै गुल्मीका स्थानीय तहहरूको महत्त्वपूर्ण योजना खरका छानामुक्त अभियानलाई इस्मामा पूर्णता दिने, ४ हजार घरधुरीमा ‘एक घर एक धारा’ सम्पन्न गर्ने र उज्यालो इस्मा घोषणा गर्ने गरेर निति, कार्यक्रम र बजेट निर्माण गरेको विष्टले बताए ।

 

यसैबीच युवाहरूलाई रोजगार एवं स्वरोजगार बनाउन पम्प अपरेटर तथा मर्मतसम्भार कार्यकर्ता, प्लम्बिङ, डोजर चालक, सवारी साधन मर्मतकर्ता, हेयर कटिङ, ब्युटिसियन, ग्रामीण पशु तथा कृषि कार्यकर्तालगायतलाई तालिम प्रदान गरिने भएको छ ।

 

यस्तै, उद्यम गर्न चाहने युवाकोे वित्तीय पहुँच विस्तार गर्न ‘उद्यम विकास कोष’ स्थापना गरी सहुलियत कर्जा, कोरोना महामारीबाट प्रभावित भई विदेशबाट सीप सिकेर गाउँ फर्किएका युवालाई लक्षित गरी ‘परदेशीको सीप : स्वदेशी लगानी’ नारालाई कृषि र पशुपालनका कार्यक्रम कार्यान्वयन गर्न बजेट व्यवस्थापन गरिएको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिइन् ।

 

त्यस्तै, कोभिड–१९ को कारण विभिन्न क्षेत्रको रोजगारी गुमाएका जनशक्तिलाई सोहीअनुसारको रोजगारी दिन ‘हाम्रो श्रम हामै्र विकास’ भावना जगाउँदै गाउँपालिकाका चालू तथा नयाँ विकास आयोजनाहरू श्रममूलक बनाई स्थानीय श्रम शक्तिको उपयोग गरिने नीति बनाइएको खत्रीले बताइन् ।

 

औद्योगिक ग्राम नेपाल सरकारबाट घोषणा भई कार्यान्यवयनमा गइसकेकाले आवश्यक पूर्वाधार निर्माणमा द्रुत गति प्रदान गरिनेछ । नीति तथा कार्यक्रम र बजेटमा गुल्मीकै पहिचानको रूपमा रहेको बुल्म सेरामिक्स उद्योगलाई नियमित र व्यावसायिक रूपमा सञ्चालन गरी आम्दानी वृद्धि गर्न उद्योगको क्षमता विस्तार गरिने भएको छ ।

 

जनशक्ति निर्माण तथा मेसिन औजार उपलब्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जानकारी दिए । त्यस्तै, कोरोना महामारी नियन्त्रणमा खट्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सवारीचालक, स्वयंसेवक तथा जनप्रतिनिधिका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री, जीवन बिमा, कोरोनाका कारण मृत्यु भएका मृतकका परिवारलाई राहत उपलब्ध गराउने नीति लिइएको घर्तीको भनाइ छ ।

 

गाउँपालिकाभित्रका दलित समुदायको परम्परागत सीप तथा पेसाको आधुनिकीकरण गरिने, घरमा हुने सुत्केरी तथा शिशु मृत्युलाई शून्यमा झारेर वडा, गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्नेतर्फ रणनीतिक कार्यक्रम सञ्चालन गर्ने, सुत्केरी जाँचका लागि स्वास्थ्यकर्मीलाई घरघरमा पु¥याउने नीति लिइनेछ ।

 

गर्भवती महिलाको स्वास्थ्य र पोषण सुधारका लागि गर्भवती पोषण कार्यक्रमलाई निरन्तरता दिने, बर्थिङ सेन्टरलाई थप व्यवस्थित गर्ने, सुत्केरी हुन नजिकको बर्थिङ सेन्टरसम्म आउजाउ गर्न महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने घर्तीले बताए । इस्माले इस्मामा जन्मिएर पत्रकारितामा सक्रिय पत्रकार महासंघको सदस्य प्राप्त व्यक्तिलाई स्वास्थ्योपचार सहयोग कार्यक्रम नीति कार्यक्रममा समेटेको छ ।