close

उदयपुरको ८ स्थानीय तहमा  ५ अर्ब, २६ करोड, २६ लाख, ५३ हजार ५३० बजेट

उदयपुरको ८ स्थानीय तहमा  ५ अर्ब, २६ करोड, २६ लाख, ५३ हजार ५३० बजेट

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको सबै स्थानीय तहले कानुनमा ब्यवस्था भए अनुरुप नै गाउँ तथा नगर सभा सम्पन्न गरेका छन् । उदयपुरको ४ नगरपालिका ४ गाउँपालिका गरी ८ स्थानीय सरकारले गाउँ तथा नगर सभा सम्पन्न गरि निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।    


आगामी आर्थिक वर्षका लागि ५ अरब २६ करोड २६ लाख ५३ हजार ५ सय ३० रुपैयाको निति तथा कार्यक्रम सार्बजनिक गरेका हुन । उदयपुरको ८ स्थानीय तहले ५ अरब २६ करोड २६ लाख ५३ हजार ५ सय ३० रुपैयाको निति तथा कार्यक्रम ल्याएका छन । कोभिड महामारीका समयमा पनि स्वास्थ्य मापदण्ड अपनाएर गाउँ सभा र नगर सभा गरेका छन् । 


त्रियुगा नगरपालिकाले सबै भन्दा बढि बजेट ल्याएको छ । भुगोल तथा जनसंख्याको हिसाबले जिल्लाको सबै भन्दा ठूलो त्रियुगाले १ अर्ब १७ करोड ९६ लाख ९४ हजार ४५० रुपैया बजेट ल्याएको छ । दोश्रोमा चौदण्डीगढी नगरपालिकाले  ७४ करोड, ७१ लाख ९५ हजारको बजेट निनियोजन गरेको छ । बेलका नगरपालिकाले ६९ करोड ७६ लाख ४५ हजार बजेट ल्याएको छ भने कटारी नगरपालिकाले ६९ करोड, ९ लाख २० हजार ५५० बजेट पेश गरेको छ ।


गाउँपालिकाहरु मध्ये उदयपुरगढीले सबै भन्दा बढि ६६ करोड ०७ लाख १० हजार ५७० बजेट ल्याएको छ । त्यसपछि रौतामाईले ५२ करोड ३३ लाख ८ हजार ९६० बजेट ल्याएको छ । लिम्चुङबुङले ४२ करोड ८१ लख २२ हजार बजेट ल्याएको छ भने ताप्लीले सबै भन्दा कम ३३ करोड ५० लाख ५७ हजार रुपैया बजेट विनियोजना गरेको छ ।


त्यसैगरी ताप्ली गाउँपालिकाले राष्ट्रिय प्रशारण लाईनको बिद्युत बिस्तार, सडक स्तारोन्नती, शिक्षा, स्वास्थ्य वन वातावरण तथा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिदै आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३३ करोड ५० लाख ५७ हजार बराबरको बजेट सार्बजनिक गरेको छ । 


गाउँ सभामा गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले बजेट प्रस्तुत गरेका थिए । बजेटमा बित्तिय समानिकरण अनुदान तर्फ ७ करोड ९४ लाख, राजस्व बाँडफाँड तर्फ ६ करोड १० लाख ५१ हजार, सर्शत अनुदान तर्फ १६ करोड ४६ लाख, बिशेष अनुदान तर्फ १ करोड ३७ लाख, समपुरक अनुदान तर्फ ५६ लाख छ । प्रदेश सरकारबाट प्राप्त हुने बित्तिय समानिकरण ४३ लाख ७३ हजार, प्रदेश राजस्व बाँडफाँड २८ लबखभ १३ हजार, गाउँपालिकाको आन्तरिक आय स्रोत तर्फ १४ लाख २० हजार रहेको छ । 


वातावरण तथा विपत व्यबस्थापनमा ७० लाख, कोभिड १९ व्यबस्थापनमा ५० लाख, कृषि तर्फ ५० लाख, पशु तर्फ ५० लाख, शिक्षा तर्फ १ करोड, स्वास्थ्य तर्फ ६० लाख, खेलकुद तथा मनोरञ्जनमा ५ लाख, लैंगिक समानता तथा समाबेशीकरणमा ३३ लाख, संस्थागत बिकास सेवा प्रवाह र सुशासन सूचना प्रबिधि तर्फ ६५ लाख ५७ हजार बजेट बिनियोजन गरिएको छ । 


त्यसैगरी लिम्चुङबुङ गाउँपालिकाले ४२ करोड ८१ लाख २२ हजारको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिला राईले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट प्रस्तुत गरेकी थिइन् । बिनियोजित बजेटमा वित्तिय समानीकरण अनुदान तर्फ ७ करोड ३२ लाख, सशर्त अनुदान तर्फ १४ करोड ६३ लाख, राजश्व बाँडफाँड ५ करोड ५१ लाख ६५ हजार, विशेष अनुदान तर्फ २ करोड ४९ लाख र समपुरक अनुदान तर्फ १ करोड २५ लाख छ ।

 

प्रदेश सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान तर्फ ३९ लाख ७५ हजार, सशर्त अनुदान तर्फ १९ लाख ७८ हजार, राजश्व बाँडफाँड ३५ लाख र समपुरक अनुदान १ करोड छ । यस्तै आन्तरिक आय तर्फ १५ लाख अनुमान गरिएको छ । सामाजिक सुरक्षा खर्च २ करोड ७१ लाख ४ हजार अनुमान गरिएको छ भने सशर्त बजेट बाहेक कुल रकम २० करोड ५३ लाख ४० हजार छ ।

 

सामाजिक विकास तर्फ ३ करोड २२ लाख ९० हजार, आर्थिक विकास तर्फ ९६ लाख ५० हजार, पूर्वाधार विकास तर्फ १० करोड १९ लाख, सुशासन तथा क्षमता विकास तर्फ २३ लाख, न्यायिक समिति तर्फ ७ लाख, चालु खर्च तर्फ ५ करोड २० लाख र विपद व्यवस्थापन कोष र कोरोना कोषमा ६५ लाख खर्च गर्ने लक्ष्य लिइएको छ ।


त्यसैगरी उदयपुरगढी गाउँपालिकाले ६६ करोड ७ लाख १० हजार ५ सय ७० रुपैयाको बजेट प्रस्तुत गरेको छ । गाउँ सभामा अध्यक्ष मानबहादुर केप्छाकी मगरले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । गाउँ सभाले संघबाट आउने अनुदान, प्रदेशबाट प्राप्त हुने अनुदान र आन्तरिक आय समेटेर बजेट निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद सुवेदीले बताए ।

 

पालिकाको प्रमुख श्रोत भनेको संघीय सरकारबाट समानिकरणमा प्राप्त हुने १६ करोड ४ लाख रकम र संघकै राजस्व बाँडफाडबाट प्राप्त हुने ९ करोड ४८ लाख रकम हो । अन्य प्रदेशबाट विनियोजन भएको रकम ९५ लाख वित्तिय समानिकरण अनुदान र आन्तरिक आय वापतको ७० लाख नै पालिकाको बजेटको प्रमुख श्रोत रहेको पालिकाका अध्यक्ष केप्छाकी मगरले जानकारी दिए ।


पालिकाले सामाजिक बिकास तर्फ ४ करोड, पूर्वाधार विकास तर्फ ९ करोड, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड १५ लाख, आर्थिक विकास तर्फ २ करोड र म्याचिङ्ग फण्डमा ३ करोड ५ लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । सामाजिक सुरक्षा कार्यक्रम तर्फ ८ करोड १० लाख र संघबाट प्राप्त हुने सशर्त अनुदान तर्फ २५ करोड ४३ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।

 

त्यसैगरी चौदण्डीगढी नगरपालिकाले ७४ करोड ७१ लाख ९५ हजारको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । त्यसैगरी चौदण्डीगढी नगरपालिकाले “सुन्दर, समृद्ध नगर बनाउने अभियान, हरेक नगरबासीको मुहारमा मुस्कान” भन्ने नारा सहित  नवौँ नगर सभा सम्पन्न गरेको हो । 

 

नगरपालिकाले ७४ करोड ७१ लाख ९५ हजारको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । यो नगरले प्राप्त गरेको सिलिङ भन्दा १० करोड ९७ लाख ७५ हजार ३ सय ६० रुपैया कम हो । जसले गर्दा चौदण्डीगढी नगरपालिकाले १० करोड ९७ लाख ७५ हजार ३ सय ६० रुपैया घाटा बजेट प्रस्तुत गरेको छ । नगरले ६६ करोड ७४ लाख १९ हजार ६ सय ४० रुपैया मात्र सिलिङ पाएको छ । 


नगर सभामा नगरपालिकाका नगर उपप्रमुख रिताकुमारी चौधरीले निति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ १ करोड ७९ लाख ७५ हजार, संघीय सरकारको सशर्त अनुदान तर्फ ३१ करोड ९३ लाख, विशेष अनुदान १ करोड २५ लाख, समानिकरण अनुदान १५ करोड ६ लाख, राजस्व भाँडफाँटबाट ५ लाख ७२ हजार ८१ हजार र अन्त शुल्कबाट ५ लाख ७२ हजार ८१ लाखको बजेट प्रस्तुत गरेकी थिइन ।


प्रदेश सरकारको समानिकरण अनुदान ८७ लाख ६९ हजार, सवारी साधन अनुदान १ करोड ६७ लाख १३ हजार ६ सय ४० रुपैयाँ, प्राकृतिक श्रोतको राजस्व बाँडफाँट नदिजन्य पदार्थ उत्खननबाट १ करोड ६० लाख र घर जग्गा रजिष्ट्रेशन शुल्क बाँटफाँटबाट १ करोड गरी कूल ६६ करोड ७४ लाख १९ हजार ६ सय ४० रुपैयाँको बजेट प्रस्तुत भएको छ ।


नगर सभाले पुरानै योजनाहरुलाई प्राथमिक्तामा राखेको छ भने प्रत्येक वडाहरुलाई ५० लाख बराबरको बजेट सिलिङ तोकिएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषि क्षत्रलाई प्राथमिक्तामा राखेको छ ।


आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका सबै उपाय अबलम्बन गरी जनजीवनलाई सुरक्षित र सहज बनाउने, सीप विकास, आय आर्जन, रोजगारी सिर्जना तथा स्थानीय श्रोत साधनको अधिकतम उपयोग गरी विकास कार्यलाई तीव्रता दिने उल्लेख गरिएको छ ।


आर्थिक, सामाजिक, भौतिक पूर्वाधार तथा सुशासन सबै क्षेत्रको समृद्धि हासिल गर्ने कार्यक्रममा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय सरकार, प्रदेश सरकार र साथै छिमेकी स्थानीय तहसँगको सम्बन्ध बलियो बनाउने उल्लेख छ । बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल, संघ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने भनिएको छ ।


त्यसैगरी रौतामाई गाउँपालिकाले १४ वटा योजनालाई गाउँपालिकाका गौरबको आयोजनाको रुपमा अघि सारेको छ । ५२ करोड ३३ लाख ९ हजार ९ सय ६० रुपैँयाको निति तथा कार्यक्रम ल्याएको छ । निति तथा कार्यक्रमले ५२ करोड ३३ लाख ९ हजार ९ सय ६० रुपैँयाको बजेट तर्जुमा गरिएकोमा ३ करोड ९ लाख ९१ हजार रुपैँया घाटा बजेट प्रस्तुत गरिएको छ । बजेटमा गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली, विद्युत विस्तार, सडक तथा सिचाई विस्तार, कृषि, स्वाथ्य जस्ता कार्यक्रमले समेत प्राथामिकता पाएका छन् ।

 

योजनामा पूर्वाधार तर्फ २ करोड ३३ लाख, सामाजिक विकासतर्फ १ करोड १८ लाख विनियोजन गरिएको अध्यक्ष खड्काले बताए । त्यस्तै वन, वातावरण तथा विपद् तर्फ १ करोड २ लाख, आर्थिक विकास तर्फ ७१ लाख, खेलकुद तथा मनोरञ्जन तर्फ ३० लाख, सुशासन तथा संस्थागत विकासमा ५ लाख विनियोजन गरिएको छ ।


सशर्त अनुदान तर्फ २५ करोड ६८ लाख, विशेष अनुदान तर्फ १ करोड ४९ लाख, प्रदुषणबाट १० लाख आउन सक्ने वजेटको सिमा निर्धारण गरिएको छ । त्यसैगरी चालु खर्चमा ६ करोड १३ लाख रुपैँया विनियोजन गरिएको अध्यक्ष खड्काले बताए । वन, वातावरण तथा विपत अन्र्तगत आपतकालिन सेवाको बारुण नियन्त्रण, प्रहरी भवन, एम्बुलेन्स सञ्चालन लगायतका शिर्षकमा विनियोजन गरिएको छ । 


गाउँपालिका भवन निर्माणका लागि ९७ लाख, वडागत बजेटतर्फ ३ करोड २० लाख, विद्युत विस्तारमा १ करोड, रौतापोखरी अतिथि गृह घेराबेरा जोड कोष तर्फ १ करोड ४९ लाख, मुर्कुची-भुट्टार प्रादेशिक सडक कालोपत्रेका लागि जोड कोष २ करोड रुपैँया विनियोजन गरिएको उपाध्यक्ष कुमारी राना ठकुरीले बताईन् ।


श्रोतको अनुमानमा आन्तरिक आयतर्फ ५० लाख, समानिकरण अनुदान १० करोड १९ लाख, राजश्व वाँडफाँड ८ करोड ९८ लाख ९ हजार, सशर्त अनुदानतर्फ २५ करोड ६८ लाख आउने आकलन गरिएको उनले बताईन् । गाउँसभाले सामाजिक क्षेत्रतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवृद्धन, खेलकुद तथा मनोरञ्जन, लैङिक समानता तथा सामाजिक समावेशीकरण, पुर्वाधार क्षेत्रतर्फ स्थानीय सडक, पुल तथा झोलुङे पुल, सिचाई, भवन तथा सहरी विकास, उर्जा लघु तथा साना जलविद्युत (बैकल्पिक उर्जा समेत) सञ्चारलाई लिएको छ । 


त्यसैगरी बेलका नगरपालिकाले ६९ करोड ७६ लाख ४५ हजारको निति तथा कार्यक्रम ल्याएको छ । जसमा २३ वटा नगर गौरबको योजना छनोट गरिएको नगर प्रमुख दुर्गाकुमार थापा (स्वतिक) ले जानकारी दिएको छ ।


नगर गौरबको योजनामा नगर प्रशासकिय भवन सन्चालन, फोहोर ब्यबस्थापन तथा उद्यान निर्माण, चिस्यान केन्द्र निर्माण,  आधारभुत अस्पताल निर्माण, भुमिहिन, दलित भुमिहिन  र अव्यवस्थित बसोबासलाई लालपुर्जा  बितरण,.रामपुर आम्बासी सडक सडक कालोपत्रे, .माहाभारत सकडक निर्माण,. सबै टोलमा विद्युतीकरण, कृषि बजार स्तर उन्नति, लिफ्टिङ्ग खानेपानी योजना, साना सिचाई आयोजना १० वटा, औधोगिक ग्राम स्थापना,  भुतिया दह पर्यटन बिकास, युवा स्वरोजगार कार्यक्रम, स्वास्थ बिमा कार्यक्रम, मैनामैनी पर्यटन बिकास, भुमिगत सिचाई योजना, बिद्युतिय नगरर बस सन्चालन, लालबजार घारेघाट सडक निर्माण, बाख्रा श्रोत बिकास कार्यक्रम, इन्जिनियरिङ प्राबिधिक धार र नमुना बिद्यालय गुरुङ्ग्चौरी, सोमबारे मायुङ्गटर सडक र लेकाली रङ्गशाला रहेको छ ।


    कटारी नगरपालिकाले ६९ करोड ९ लाख २० हजार ५ सय ५० रुपैयाको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।