close

फक्ताङ्लुङको नीति तथा बजेटः सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, शिक्षकको तलब बढ्यो 

फक्ताङ्लुङको नीति तथा बजेटः सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, शिक्षकको तलब बढ्यो 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्तालुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाइ प्रमुख प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि कूल ४३ करोड ७७ लाख ७७ हजार १ सय ९० रुपैंयाको बजेट ल्याएको हो । 

 

पालिकाका उपाध्यक्ष फुलमाया लिम्बूले प्रस्तुत गरेको बजेटको स्रोत भने पालिकाले केन्द्र र प्रदेश सरकारबाट प्राप्त बित्तीय समानीकरण, सर्सत, समपुरक र राजश्व बाँडफाँडको रकम, आन्तरिक आम्दानी र आन्तरिक स्रोत(अल्या) रकम रहने प्रष्ट्याएको छ । 

पालिका अध्यक्ष सरोज एभेङ लिम्बूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार फक्ताङ्लुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाइ प्राथमिकता दिएको छ । ‘पढाऔं बालबालिका बनाऔं स्वाभिमान, शिक्षा फक्ताङ्लुङ हामी सबैको सान’ भन्ने नारा अघि सारेर पालिकाले शिक्षा क्षेत्रमा लगानी बढाएको हो । 

 

पालिकाले शिक्षा क्षेत्रको दिगो विकास तथा परिवर्तनका लागि शैक्षिक तथ्याङ्क संकलन गरी पाश्वचित्र निर्माण्मा गर्ने तथा आगामी १० बर्ष भित्रका मुख्य-मुख्य कार्यक्रम समाबेश गरिएको शैक्षिक गुरु योजना सहितको शिक्षा योजना (२०७८/०८८) निर्माण गर्ने भएको छ ।

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठका अनुसार पालिका भित्रका सामुदायिक बिद्यालयहरुमा स्थानीय स्तरका बिषयबस्तु समाबेश गरी स्थानीय पाठ्यक्रमको निर्माण गर्ने र पठनपाठन सुरु गर्ने नीति बनेको छ । पालिकाले ६ प्राविधिक बिषय पढ्न पालिका भरका ६ जनालाइ कोर्ष अवधि भरी छात्रबृत्ति दिने भएको छ । विद्यार्थीका छनौट उत्कृष्टताका आधारमा छनौट गरिने छ । 

 

पालिकाले सिटिइभिटीइ अन्र्तगतको डिप्लोमा तहको हाइड्रो इञ्जिनियरिङ, आर्युबेद विज्ञान, नर्सिङ, फार्मेसी, ल्याव टेक्निसियन र उद्यमशिलता विकास अध्ययन गर्नका लागि पढाइमा पूर्ण छात्रबृत्ति दिन लागेको हो । 

 

यस्तै पालिकाले सामुदायिक विद्यालयहरुले कुनै पनि शीर्षकमा शुल्क उठाउन नपाउने नीति बनाएको छ । परीक्षा सञ्चालन तथा अन्य खर्च व्यवस्थापनको निम्ति गाउँपालिकाले विद्यार्थी संख्याको अनुपातमा प्रति विद्यार्थी २ सय २५ रुपैंयाका दरले विद्यालयलाइ एकमुष्ट रकम दिने भएको छ । 

 

पालिकाले एक विद्यालय एक कम्युटर शिक्षकका लागि सूचना प्रविधिको व्यवस्थापन र कम्युटर तालिम प्रदान गर्ने भएको छ । बाल विकास शिक्षक र विद्यालय कर्मचारीको तलवमान केन्द्रीय नीति अनुसार गर्ने गर्नेगरी पालिकाले प्रवन्ध गरेको छ । 

 

पालिकाले स्थानीय भाषा शिक्षकले पाउँदै आएको ८ हजार मासिक तलवमा बृद्धि गरी मासिक १३ हजार ५ सय रुपैंयाका अतिरिक्त पोशाक तथा चाडपर्व खर्च समेचत दिने भएको छ । छात्रा सहायता कक्ष सञ्चालनका लागि प्रत्येक बिद्यालयका शिक्षकलाइ मासिक १ हजार रुपैंयाँका दरले रकम उपलब्ध गराउने पालिकाको नीति छ । 

 

विद्यालय कर्मचारी तथा विद्यालय बाल शिक्षिका र स्थानीय मातृभाषा शिक्षकलाई एक झोला कार्यक्रम लागु गरिएको छ । पालिकाले बिद्यालय समायोजन गर्ने कार्यलाई प्राथमितामा राखेको छ भने गाभिएका वा बन्द भएका विद्यालयको सम्पत्ति आवश्यकताको आधारमा अन्य बिद्यालयमा समायोजन गर्ने नीति लिएको छ । 

 

यस्तै फक्ताङ्लुङ गाउँपालिकाले आगामी आर्थिक बर्षमा पालिका भरका बिपन्न र निम्नस्तरका २ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । ग्रामीण स्तरका गर्भवती महिलाको स्वास्थ्य जोखिमलाइ ध्यान दिएर  पालिकाले घुम्ति भिडियो एक्सरे कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

 

पालिका भित्रका गर्भवती महिलाको सुरक्षित प्रसुति गराउन प्रोत्साहित गर्ने उद्देश्यले पालिकाले पालिकाको वडा नं ६ को घुन्सा, ग्याब्ला र फले तथा वडा नं ७ ओलाङ्लुङगोलाका गर्भवती महिलालाई जनही १० हजार रुपैंया र उल्लेखित क्षेत्र बाहेकका गर्भवती महिलालाई पोषण तथा आवत जावत खर्च स्वरुप जनही ७ हजार रुपैंया प्रदान गर्ने भएको छ ।