close

सिदिङ्वाको बजेट अधिवेशन ३० असारका लागि आह्वान

सिदिङ्वाको बजेट अधिवेशन ३० असारका लागि आह्वान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– पालिका अध्यक्षलाई कोरोना संक्रमण भएपछि रोकिएको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको बजेट अधिवेशन ३० असारका लागि आह्वान भएको छ । पालिका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको आगामी आर्थिक वर्षका लागि बजेट आह्वान गरिएको हो ।


गाउँसभाका सदस्य सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार पालिका अध्यक्ष नरबहादुर कडरियाले गाउँ तथा नगरसभा सञ्चालन ऐन, २०७५ को दफा ३ बमोजिम ३० असारका लागि बजेट अधिवेशन आह्वान गरेका हुन् ।

 

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पालिका अध्यक्षलाई कडरियालाई कोरोना संक्रमण भएपछि पालिकाले यसअघि १० असारमा अगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेको थिएन ।

 

प्रमुख प्रशासकीय अधिकृत लिङ्देनका अनुसार गाउँसभाका सातौँ तथा चालू आवको बर्खे अधिवेशनमा आगामी आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने कार्यसूची तयार भएको छ । 

 

यस्तै, आर्थिक र विनियोजिन विधयेक, न्यायिक समितिको वार्षिक प्रतिवेदन र विभिन्न कानुनको संशोधन विधयेकसमेत प्रस्तुत गर्ने कार्यतालिका रहेको लिङ्देनले जानकारी दिए ।

 

ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजंगा गाउँपालिकाले ३ असारमा, मेरिङ्देनले ९ असारमा र फुङ्लिङ नगरपालिका, आठराई त्रिवेणी, फक्ताङ्लुङ, मैवाखोला, मिक्वाखोला र पाथीभरा याङ्बरक गाउँपालिकाले १० असारमा आगामी आवका लागि नीति, कार्यक्रम र बजेट ल्याएका थिए ।