close

जैमिनीमा बजेट रकमान्तरको अधिकार कार्यपालिकालाई

जैमिनीमा बजेट रकमान्तरको अधिकार कार्यपालिकालाई

Trulli
ADVERTISEMENT

बागलुङ– कोरोना महामारीको सम्भावित तेस्रो लहरसँग जुध्न जिल्लाको जैमिनी नगरपालिकाले स्रोत अभाव हुन नदिने भएको छ । 

 

नवौँ नगरसभाको अन्तिम बैठकले कोरोना महामारीसँग जुध्न नगरमा उपलब्ध सबै शीर्षकको बजेट रकमान्तर गर्ने अधिकार नगर कार्यपालिकालाई दिएको हो ।

 

नीतिगत व्यवस्था नहुँदा कोरोनासँग जुध्न बजेट अभाव भएकाले प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालले कार्यपालिकालाई रकमान्तरको अधिकार दिने प्रस्ताव नगरसभामा प्रस्तुत गरेका थिए । प्रस्ताव पारित भएसँगै महामारीको समय काम गर्न स्रोत अभाव नहुने उनले बताए । 

 

गत वर्ष विपद् व्यवस्थापन कोषको रकम प्रयोग गरेर कोरोना महामारी नियन्त्रणको प्रयास गरेको जैमिनीले आगामी वर्षका लागि अभाव भोग्नु नपर्ने उपप्रमुख लीला रानाले जानकारी दिए ।

 

सभाले उपप्रमुख रानाले गत १० असारमा नगरसभाको पहिलो बैठकमा प्रस्तुत गरेको आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट सर्वसम्मत पारित गरेको छ ।

 

नगरपालिकाले १० वटै वडामा समान हिसाबले ३० लाख रुपैयाँका योजना विनियोजन गरेको छ । वडा तहबाट छलफल भएर आएका योजना विस्तृत विवरणसमेत नगरसभाले पारित गरेको हो ।