close

सप्तरीका १८ स्थानीय तहमध्ये राजविराज नगरपालिकामा सबभन्दा बढी बेरुजु

सप्तरीका १८ स्थानीय तहमध्ये राजविराज नगरपालिकामा सबभन्दा बढी बेरुजु

Trulli
ADVERTISEMENT

सप्तरी– राजविराज नगरपालिका सप्तरीका १८ वटै स्थानीय तहमध्ये सबभन्दा बढी २२ करोड रुपैयाँ बेरुजु रहेको पालिका भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ प्रतिवेदनमा राजविराज नगरपालिका सप्तरीका स्थानीय तहमध्ये सबभन्दा बढी २२ करोड १८ लाख २४ हजार रुपैयाँ बेरुजु रहेको पालिका देखिएको हो ।


प्रतिवेदनअनुसार राजविराज नगरपालिकामा १ अर्ब ५८ करोड ४ लाख ३८ हजारमध्ये २२ करोड १८ लाख २४ हजार रुपैयाँ अर्थात् १४ दशमलव ०४ प्रतिशत बेरुजु ठहर भएको छ । 


यसैगरी शम्भुनाथ नगरपालिकामा १ अर्ब ६ करोड ३२ लाख ६४ हजारमध्ये १४ करोड १० लाख ६२ हजार अर्थात् १३ दशमलव २७ प्रतिशत, कञ्चनरुप नगरपालिकामा १ अर्ब ३७ करोड ७८ लाख ७६ हजारमध्ये १७ करोड २४ लाख ९४ हजार रुपैयाँ अर्थात् १२ दशमलव ५२ प्रतिशत, खडक नगरपालिकामा १ अर्ब २५ करोड ५० लाख ६ हजारमध्ये १३ करोड ४१ लाख ३ हजार अर्थात् १० दशमलव ६९ प्रतिशत बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ ।


विष्णुपुर गाउँपालिकामा ६४ करोड ८८ लाख ७२ हजारमध्ये १२ करोड २१ लाख ७२ हजार अर्थात् १८ दशमलव ८३ प्रतिशत, छिन्नमस्ता गाउँपालिकामा ७० करोड ५२ लाख ७१ हजारमध्ये ११ करोड ९१ लाख ५६ हजार अर्थात् १६ दशमलव ९० प्रतिशत, तिलाठी कोइलाडी गाउँपालिकामा ९३ करोड १५ लाख २८ हजारमध्ये ९ करोड ३२ लाख ५९ हजार अर्थात् १० दशमलव १ प्रतिशत, राजगढ गाउँपालिकामा ८० करोड ३९ लाख २५ हजारमध्ये ८ करोड ३३ लाख ७४ हजार अर्थात १० दशमलव ३७ प्रतिशत बेरुजु रहेको महालेखाको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।


यसैगरी बोदेबर्साइन नगरपालिकामा १ अर्ब १६ करोड ३४ लाख ५५ हजारमध्ये ५ करोड ८९ लाख २९ हजार अर्थात् ५ दशमलव ७ प्रतिशत, तिरुहुत गाउँपालिकामा ६१ करोड ७४ लाख १० हजारमध्ये ५ करोड ८४ लाख ७१ हजार, डाक्नेश्वरी नगरपालिकामा १ अर्ब ६ करोड ७० लाख ७४ हजारमध्ये ४ करोड ९७ लाख १ हजार अर्थात् ४ दशमलव ६६ प्रतिशत बेरुजु रहेको छ ।


यस्तै, अग्निसाइर कृष्णासवरन गाउँपालिकामा ८५ करोड ८६ लाख ४८ हजारमध्ये ४ करोड ४४ लाख ३३ हजार अर्थात् ५ दशमलव १७ प्रतिशत, हनुमाननगर कंकालिनी नगरपालिकामा १ अर्ब ३३ करोड ७४ लाख ७४ हजारमध्ये ४ करोड ९ लाख २२ हजार अर्थात् ३ दशमलव ६ प्रतिशत, सप्तकोसी नगरपालिका ८१ करोड १० लाख ८० हजारमध्ये ३ करोड २९ लाख ७६ हजार अर्थात् ४ दशमलव ७ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

महादेवा गाउँपालिकामा ८६ करोड ९ लाख ६७ हजारमध्ये २ करोड ३३ लाख अर्थात् २ दशमलव ५९ प्रतिशत, सुरुंगा नगरपालिकामा १ अर्ब १४ करोड ९८ लाख ५४ हजारमध्ये ९८ लाख २८ हजार अर्थात् १ दशमलव ७२ प्रतिशत बेरुजु रहेको पाइएको छ ।


यस्तै, रुपनी गाउँपालिकामा ६८ करोड ७१ लाख ५५ हजारमध्ये २ दशमलव १६ प्रतिशत अर्थात् १ करोड ४८ लाख ९ हजार, बलान बिहुल गाउँपालिकामा ६५ करोड ९० लाख ७० हजारमध्ये १ करोड १७ लाख ३ हजार रुपैयाँ अर्थात् १ दशमलव ७१ प्रतिशत बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ ।

 

महालेखाको प्रतिवेदनअनुसार ८ वटा पालिकामा बजेटको १० प्रतिशतभन्दा धैरै र १० पालिकामा १० प्रतिशतभन्दा कम बेरुजु छ । आर्थिक वर्ष २०७६/७७ सम्म सबभन्दा धेरै राजविराज नगरपालिकामा बेरुजु देखिएको छ भने बलानबिहुल गाउँपालिकामा सबैभन्दा कम बेरुजु रहेको छ । सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका आर्थिक अनुशासन र बेथिति बढ्दै गएको प्रतिवेदनले देखाएको छ ।