close

दसैँ–तिहारका लागि काठमाडौं पठाइँदै हजार खसी–बोका 

दसैँ–तिहारका लागि काठमाडौं पठाइँदै हजार खसी–बोका 

Trulli
ADVERTISEMENT

दाङ– दाङमा जिउँदो खसी–बोकाको मूल्य निर्धारण गरिएको छ । यो वर्ष दसैँ–तिहारका लागि दाङबाट १ हजार खसी– बोका खरिद गरी काठमाडौं पठाइने भएको छ । 


पहिलो चरणमा ६ सय वटा खसीबोका खरिद गरेर पठाउने र बाँकी ४ सय दोस्रो चरणमा पठाउने तयारी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए ।


यो वर्ष खसी–बोकाको मूल्य निर्धारण गरिएको छ । १५ किलोदेखि माथिको खसीको मूल्य ५५०, २५ किलोदेखि माथिको ५६५ र १८ किलोदेखि माथि बोकाको प्रतिकेजी ५४५ रुपैयाँ मूल्य निधारण गरिएको चौधरीले बताए ।

 

खसी–बोका २२ असोजमा काठमाडौं पुग्ने गरी पठाउने तयारी भएको छ । असोज २२ सम्म पुग्ने गरी पठाउने तयारी भएको उनको भनाइ छ । गत वर्ष २५ किलोमाथिको खसीको मूल्य प्रतिकेजी ५५० र २० देखि २५ किलोसम्मको खसीको मूल्य ५३५ रुपैयाँ निधारण गरिएको प्रमुख चौधरीले बताए । त्यस्तै, गत वर्ष बोका १६ किलोभन्दा माथिको मूल्य प्रतिकेजी ५३० रुपैयाँ निधारण गरिएको थियो ।


गत वर्ष १६ किलोभन्दा माथिको बोका खरिद गर्न भनिएकामा यो वर्ष भने १८ किलोभन्दा माथिको खरिद गर्न केन्द्रले निर्देशन दिएको छ । यो वर्ष खसी २० किलोभन्दा माथि तौल भएको खरिद गर्न केन्द्रले निर्देशन दिएको उनको भनाइ छ ।  ‘१६ किलोभन्दा कम तौल भएका बोका र २० किलोभन्दा कम तौलको खसी खरिद गरेर पठाउँदा बाटोमै मर्ने समस्या आउने भएकाले केन्द्रले सो तौल समूहका खसीबोका नकिन्ने जानकारी दिएको छ’, उनले भने ।  तुल्सीपुर, पश्चिम हापुरे, लमहीलगायत क्षेत्रबाट खसीबोका खरिद गरेर बिक्रीका लागि काठमाडौं पठाउँदै आएको उनले बताए । 

 

यो वर्ष कृषि र सहकारीमार्फत खसी–बोका खरिद गरी स्वास्थ्य चेकजाँच गरेर मात्र काठमाडौं पठाइने निमित्त प्रमुख चौधरीको भनाइ छ । जिल्लाबाट खरिद गरिएका खसी–बोका काठमाडौं पठाउन केन्द्रबाटै ठेक्का आह्वान हुने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खसी–बोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ ।