close

बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन

बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वय तथा अन्य सरोकारवाला निकायको सहयोगमा बजार अनुगमन सुरु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 


अनुगमनको पहिलो दिन शुक्रबार खोड्पे बजारका ३३ पसलबाट २५ हजार ४०० रुपैयाँ राबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको उनले बताए ।  जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले विभिन्न किराना, मदिरा पसल र होटलमा अनुगमन गरेको हो ।

 

अनुगमनका क्रममा ६ हजार ६०० बराबरको पेन्टस्, १४ हजार ५३० बराबरको पेयपदार्थ, ३ हजार बराबरको चकलेट, ७७५ बराबरको बिस्कुट एवं ४३५ रुपैयाँ बराबरको अन्य लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ । 


कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमन गरिएको हो । 

 

टोलीले व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरेको छ । उपभोक्ता सचेत नहुँदा पनि बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेको देखिएको सूचना अधिकारी भारतीले जानकारी दिए ।