close

किसानले पाउने भए प्रदेश सरकारको राहत 

किसानले पाउने भए प्रदेश सरकारको राहत 

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले बेमौसमी वर्षा र प्रकोपका कारण पीडित किसानलाई प्रत्यक्ष राहतका लागि प्रदेश सरकारले काम सुरु गरिसकेको बताएका छन् । बाढीपहिरोबाट क्षति बेहोरेका किसानका लागि प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराइने जानकारी उनले दिए ।


बुटवलमा शुुक्रबार आयोजित कार्यक्रममा मन्त्री रानाले नागरिकका आकांक्षा धेरै रहेकाले परिस्थितिवश निर्माण भएको सरकारले महत्त्वपूर्ण समस्या समाधान गर्ने दाबी गरे । उज्यालो लुुम्बिनी प्रदेश निर्माणको एक सूत्रीय एजेन्डासहित मन्त्रालयको जिम्मा लिएको उनले बताए । 


राजनीतिक दल तथा जनप्रतिनिधिलाई खबरदारी आवश्यक रहेको बताउँदै मन्त्री रानाले जनतालाई राजनीतितर्फ आकर्षण बढाउने गतिविधि गर्नुपर्ने बेला आएको सुनाए ।


साक्षात्कार कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागार्इंले बेमौसीम वर्षाबाट किसानले भोगेको क्षतिको भरर्पाइ गर्नुपर्नेमा जोड दिए ।


नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडियालाई नियन्त्रण गर्ने गरी विगत सरकारले ल्याएको कानुनलाई वर्तमान सरकारले निरन्तरता दिन नहुनेमा जोड दिए ।


नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का महासचिव सुरज भण्डारीले पत्रकारिता सरोकारवाला निकायको निरन्तर निगरानी गर्ने कार्यमा चुक्न नहुनेमा जोड दिए ।