close

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले बुधबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर रु तीनले बढाइएको छ । 

 

नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको आजको बैठकले रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर  ७५ बढाएर १५ सय ७५ पुगेको छ ।  

 

पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य  ११९ कायम भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ बढेर १०१ कायम गरिएको छ ।  अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेकोे निगमका सहप्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

 

समायोजन मूल्यपछि पनि १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने जारी विज्ञप्तिमा भनिएको छ । निगमले यही कात्तिक १२ गते पनि इन्धनको मूल्यवृद्धि गरेको थियो ।