close

युनिलिभरको ३२ टन चिया नष्ट गरिँदै

युनिलिभरको ३२ टन चिया नष्ट गरिँदै

Trulli
ADVERTISEMENT

वाग्मती– जिल्ला प्रशासन कार्यालय मकवानपुरले  बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ ।  हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको  चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व्यवस्थापक  र एक सप्लायर्सलाई प्रचलित कानून बमोजिम जनही  १० हजार जरिवाना गराउने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । 

 


कम्पनीले म्याद नाघेको  सिटिसी नाम उल्लेख  र अन्य नाममा चिया प्रशोधन गरी ‘रेड लेवल  व्राण्ड’का रुपमा बजारमा बिक्री गर्ने तयारीको चिया भण्डारण गरेर राखेको थियो । प्रशासनले सो जानकारी प्राप्त गर्ना साथ कम्पनीमा अनुगमन गरी शिलबन्दी गरेको थियो । प्रशासनका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तिको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो ।  

 

गतभदौ १५ गते जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीसहितको टोलीले सो चियापत्ति  नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो ।