close

प्रभावकारी भएन महानगरको अनलाइन कर भुक्तानी व्यवस्था

प्रभावकारी भएन महानगरको अनलाइन कर भुक्तानी व्यवस्था

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरले नगरबासीको सुविधाका लागि अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्म १०० जनाले मात्र उक्त प्रणाली प्रयोग गरी कर बुझाएको महानगरले जनाएको छ ।


महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार धेरै नागरिक यस प्रविधिबारे जानकार नभएकाले पनि सोचेअनुरूप अनलाइनमार्फत कर असुल हुन नसकेको हो । ‘यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । तर, यसबारे जानकारी नहुँदा अझै पनि धेरै करदाता कार्यालयमै आएर कर तिर्ने गरेका छन्,’ डा. अधिकारीले भने । 

 

कर खाताबाटै सीधै तिर्नका लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण भरेर करदाता संकेत नम्बर लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष नै सोही प्रविधि प्रयोग गरी कर तिरको भए रसिदबाट समेत करतादा संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सकिनेछ ।

 

चालू आर्थिक वर्षको असोजदेखि अहिलेसम्मा महानगरले यो प्रविधि प्रयोग गरी १५ लाख रकम असुल गरेको छ, जुन न्यून रकम हो । राजस्व असुली अनलाइन प्रणालीमार्फत भर्खर सुरु गरेको महानगरले नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्रका लगि भने तीन वर्षदेखि नै अनलाइन प्रणालीमार्फत काम गर्दै आएको छ ।