close

भन्सार विभागको तथ्यांक : ५ महिनामा आयात ८ खर्ब, निर्यात जम्मा १ खर्ब 

भन्सार विभागको तथ्यांक : ५ महिनामा आयात ८ खर्ब, निर्यात जम्मा १ खर्ब 

Trulli
ADVERTISEMENT

काठमाडौं– चालू आर्थिक वर्षको ५ महिनामा नेपालले ८ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म उक्त मूल्यको आयात गरेको भन्सार विभागले बिहीबार प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।

 

विभागका अनुसार यो गत वर्षको यही समयभन्दा ५४ प्रतिशत बढी हो । गत वर्षको ५ महिने अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँको आयात भएको थियो । विभागका अनुसार यो अवधिमा नेपालले १ खर्ब २ अर्ब रुपैयाँको निर्यात गरेको छ । यो अवधिमा भएको निर्यात गत वर्षको यही अवधिको तुलनामा १०५ प्रतिशतले बढी हो ।

 

गत आर्थिक वर्षको ५ महिनामा नेपालबाट जम्मा ५० अर्ब ५ करोड रुपैयाँको निर्यात भएको थियो । नेपालको आयात र निर्यात बढ्दा बैदेशिक व्यापार घाटा पनि बढेको छ । यो अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ५५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यस्तो व्यापारघाटा गत वर्षको सोही अवधिमा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो ।