close

मनाइँदै पोल्ट्री दिवस : अन्डाबाट पाउन सकिन्छ सन्तुलित र पोषणयुक्त आहार

नेपालमा पोल्ट्री क्षेत्रमा १ खर्ब ५० अर्ब बढी लगानी 

मनाइँदै पोल्ट्री दिवस : अन्डाबाट पाउन सकिन्छ सन्तुलित र पोषणयुक्त आहार

नेपालमा पोल्ट्री क्षेत्रमा १ खर्ब ५० अर्ब बढी लगानी 

Trulli
ADVERTISEMENT

चितवन– सन्तुलित आहारका लागि अण्डा महत्त्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अन्डा लाभदायक मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अन्डा दिने गरिन्छ ।


नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्छन् भने कतिपय विकलांग भएर जीवनयापन गरिरहेका छन् । फिजिसियन डा भोजराज अधिकारी भन्छन्, ‘अन्डा पोषणको प्याकेज हो ।’  मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अन्डा भएको अधिकारी बताउँछन् । चिल्लोपना, कार्बोहाइटेड कम र प्रोटिन बढी अन्डामा पाइन्छ । उनले भने, ‘शरीरको वृत्ति विकास बढी हुनुपर्‍यो , कार्बोहाइटेड र चिल्लो कम हुनुपर्‍यो  ।’ अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोल्डस्टोर सबैको कारण धेरै कार्बाेहाइडेट र चिल्लोपना भएको उनको भनाइ छ । 


यी दुई कुरा कम हुन र प्रोटिन अन्डा र कुखुरा मासुमा पाइने अधिकारी बताउँछन् । ६० ग्रामको अन्डामा ८ ग्राम प्रोटिन पाइने बताउँदै उनले भने, ‘दैनिक दुई वटा अन्डा खाए भने ३ भागको १ भाग उच्च गुणस्तरको प्रोटिन पाइन्छ ।’ यसले मानिसको शरीरमा आवश्यक प्रोटिन पुर्‍याउन सहयोग पुग्छ ।


ज्वरो आउँदा, गर्भवती हुँदा अण्डाको उपभोग गर्न हुने बताउँदै उनले अन्डाको पहेँलो भाग केही मात्रामा खान हुने जानकारी दिए । मानव शरीरलाई दैनिक ३०० मिलिग्राम कोलस्टोर चाहिने हुँदा एउटा अन्डामा २०० मिलिग्राम कोलस्टोर हुने उनले बताए ।

 

मस्तिष्क र मुटुलाई अन्डाले राम्रो गर्दछ । उनले भने, ‘हृदयाघात हुनबाट पनि यसले रोक्न सहयोग पुर्‍या उँछ ।’ अन्डाको पहेँलो भागमा भिटामिन तथा खनिज हुन्छ भने सेतो भागमा प्रोटिन हुन्छ । मानिसलाई आवश्यक अधिकांश पोषणतत्त्व यसबाट प्राप्त गर्न सकिने अधिकारीले जानकारी दिए ।


अस्पतालमा बिरामीका लागि खानेकुरामा पोषणको सन्तुलन मिलाउने गरिन्छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पोषण हेर्दै आएकी खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठ अधिकांश बिरामीलाई अन्डा दिइने गरेको बताउँछिन् ।

 

यो राम्रो खालको प्रोटिन भएको भन्दै उनले घाउ निको पार्न, मांशपेसी बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, मस्तिष्क एवं स्मरण शक्ति बढाउन, शल्यक्रिया गरेका घाउ छिटो निको पार्न, मानिसको तौल बढाउन, उचाइ बढाउन अन्डा उपयोगी हुने उनको भनाइ छ । अस्पतालका सामान्य बिरामी मात्र नभएर जटिल भई नाकबाट खाना खुवाउने बिरामीलाई दैनिक अन्डा खुवाउने गरेको उनको भनाइ छ ।

 

प्रोटिन कम भएका बिरामीलाई दैनिक ३/४ वटासम्म अन्डाको सेतो भाग खुवाउने गरिन्छ । कोही बिरामीको उच्च रक्तचाप र कोल्डस्टोर बढी भए पहेँलो भाग नखान भनिएको श्रेष्ठले जानकारी दिइन् ।


सरकारले आत्मनिर्भर रहेको पोल्ट्री व्यवसायलाई प्रवद्र्धन गर्न विभिन्न गतिविधि गरिरहेको छ । बागमती प्रदेशको कृषि, पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरण पाण्डे अन्डा पौष्टिक तत्त्वले भरिपूर्ण रहेको बताउँछन् । भिटामिन, मिनिरल्स र प्रोटिन पाइने अन्डाको प्रयोग बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि उपयोगी हुने उनको भनाइ छ । उनले भने, ‘यो सस्तो प्रोटिन हो ।’ अन्डाको खपत बढाउन मन्त्रालयले अभियान सुरु गरेको छ । ३ वर्षमा अन्डा खपत दोब्बर बनाउने मन्त्रालयको योजना छ । 

 

अन्डाको महत्त्वबारे आमनागरिकलाई जानकारी गराउने, सरकारी निकायमा खानाको तालिकामा अनिवार्य अन्डा राख्ने, बच्चाको खाजामा अन्डा प्रयोग गर्ने, अन्डा खपतका लागि फुड फेस्टिबलमा जोड दिनेजस्ता कार्यक्रम गर्न लागिएको उनले बताए ।


सँगै पोल्ट्रीजन्य पदार्थ उत्पादन बढाउन मन्त्रालयले प्रदेश पोल्ट्री विकास बोर्ड गठन गरेर लागत मूल्य तोक्ने, बजार सुनिश्चित गर्ने र गुणस्तरीय दाना भए नभएको परीक्षण गर्नेजस्ता योजना छन् । पोल्ट्री महासंघ अध्यक्ष गुणचन्द्र विष्ट नेपाल २२ वर्ष अघिदेखि पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर भए पनि सरकारी तवरबाट सहयोग प्राप्त हुन नसकेको गुनासो गर्छन् ।

 

सरकारको नीति स्पष्ट नहुँदा निजी क्षेत्र प्रभावित बनेको उनी बताउँछन् । सरकारले पोल्ट्री विकास समिति र निर्देशक समिति गठन गरेर पनि सक्रिय नभएको उनको दुखेसो छ । उनले भने, ‘सरकारी नीति नियम मान्न निजी क्षेत्र तयार छ तर सरकारी निकाय निष्क्रिय छ ।’ 

 

क्वारेन्टिन ऐन लागू भए पनि यसमा रहेका कमीकमजोरी संशोधनका लागि ५ वर्षअघि मस्यौदा बनेर पनि थन्किएर बसेको विष्ट बताउँछन् । मानव शरीरका लागि अत्यावश्यक पौष्टिक तत्त्व पोल्ट्रीजन्य पदार्थमा प्राप्त हुने हुँदा यसको उचित जानकारी आमनागरिकलाई दिन नसकिएको उनको बुझाइ छ । उनले भने, ‘सिंहदरबारमा बसेर बनाएको नीतिले काम गर्न सक्दैन ।’

 

नेपालमा ३ वर्षयता पोल्ट्रीमा थप लगानी कम भएको र भएका उद्योग समस्यामा रहेको उनको तर्क छ । नेपालमा पोल्ट्री क्षेत्रमा १ खर्ब ५० अर्बभन्दा बढी लगानी भएको उनले जानकारी दिए ।

 

नेपाल अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी अन्डाको महत्त्वबारे आमनागरिकलाई जानकारी गराउनुपर्ने बताउँछन् । नेपालमा हाल दैनिक ३० लाख गोटा अन्डा उत्पादन हुने गर्दछ । ५ हजार हाराहारी फार्ममा लेयर्स कुखुरा पालिएका छन्, जसमा ३० हजार बढीले प्रत्यक्ष रोजगार पाएको तथ्यांक छ । केसीले भने, ‘प्रत्यक्ष, अप्रत्यक्ष सबै जोड्दा सवा लाखभन्दा बढीले यहाँ रोजगारी पाएका छन् ।’ 

 

कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने कुखुराका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्यवृद्धि हुँदा अन्डा, मासुको लागत मूल्य बढेको बताउँछन् । उनले भने, ‘सरकारले मकै र भटमासमा कृषि शुल्क बढी लिँदा कृषक मर्कामा परेका छन् ।’ भन्सार शुल्क, अवैध चोरी पैठारी, अव्यवस्थित क्वारेन्टिन अहिलेको प्रमुख समस्या रहेको लामिछानेको भनाइ छ ।


नेपालमा सबैभन्दा धेरै अन्डा उत्पादन र संकलन गर्दै आएको दाउन्ने समूहका कार्यकारी निर्देशक विनोद पोख्रेल अन्डाको महत्त्वबारे सरकार र निजी क्षेत्रले सहकार्य गरेर आमनागरिकसम्म सन्देश पुर्‍या उनुपर्ने बताउँछन् ।  उनले भने, ‘अन्डाको महत्त्वबारे आमनागरिकलाई बुझाउन सकिए यसको खपत निकै बढ्छ ।’ आफ्नो समूहले अन्डा उत्पादन बढाएर उपभोक्ताको घरआँगनमा पु¥याउने गरी काम गरिरहेको र उत्पादनसँगै बजारीकरणमा सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।


शनिबार पोल्ट्री दिवस मनाउँदै गर्दा सचेतना जगाउने उद्देश्यले तीन दिनदेखि विभिन्न कार्यक्रम गरिँदै आएको छ । पोल्ट्री व्यवसायी मञ्चका सदस्य मदन पोख्रेलका अनुसार स्कुल, अस्पताल र वृद्धाश्रममा अन्डा वितरण गरिएको छ । सरकारले ०७० बाट १७ पुसलाई पोल्ट्री दिवस मनाउन सुरु गरेको हो