close

विद्युत् प्राधिकरणलाई अन्तर्राष्ट्रिय उडानमा छुट

विद्युत् प्राधिकरण–नेवानि समझदारी 

विद्युत् प्राधिकरणलाई अन्तर्राष्ट्रिय उडानमा छुट

विद्युत् प्राधिकरण–नेवानि समझदारी 

Trulli
ADVERTISEMENT

 

काठमाडौं–नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एकआपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरे ।

 

अब प्राधिकरणका कर्मचारी र तिनका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउनेछन् । कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिसपत्रका साथै परिचयपत्र अनिवार्य पेस गर्नुपर्नेछ ।

 

निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउनेछन् । प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५–१० प्रतिशत छुट पाउनेछ ।

 

प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ । 

 

कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गरे ।

 

उनले अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेस गरिसकेकाले यसबारे छिट्टै निर्णय गरिने जानकारी दिए । 

 

सचिव न्यौपानेले १८ घन्टासम्मको लोडसेडिङ अन्त्य, घाटाको संस्थाको वित्तीय तथा प्रशासनिक अवस्थालाई सुधार गरी नाफा आर्जन गरेको प्राधिकरणको सफलतालाई मानक बनाएर निगम व्यवस्थापनले आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनुपर्ने बताए । 

 

कार्यकारी निर्देशक घिसिङले एमओयूमा गरिएका व्यवस्था कार्यान्वयका लागि तत्काल परिपत्र गरिने जानकारी दिए ।