close

बारम्बार पुँजीगत खर्चको रटान लगाउने परम्परा अन्त्य हुनुपर्छ : अर्थमन्त्री शर्मा 

बारम्बार पुँजीगत खर्चको रटान लगाउने परम्परा अन्त्य हुनुपर्छ : अर्थमन्त्री शर्मा 

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्नू भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु उचित नहुने बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/७९ को हालसम्मको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् । उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने सुनाए । ‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन, राम्रो कुरा होइन’, उनले भने, ‘समस्याको सहजीकरण गर्नु ठीकै हो । तर, खर्च गर्नुपर्छ भनेर दबाबको रूपमा दबाब दिइरहनुपर्ने कुरा ठीक संस्कार होइन । यसको अन्त्य गर्नुपर्छ ।’

 

मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्था अन्त्य हुने बताए । मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवले खर्च हुन सक्ने÷नसक्ने योजनाको स्पष्ट विवरण दिन निर्देशन दिए । जनतामा सरकारले पुँजीगत खर्च गर्नै नसक्ने भन्ने सन्देश प्रवाह भएको बताउँदै उनले खर्च गर्न सकिने तथा नसकिने योजनाको सूची बनाउन निर्देशन दिए ।

 

खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न उनले आग्रह गरे । उनले खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई आग्रह गरे । पुँजीगत खर्च बढी हुने मन्त्रालयले विशेषगरी अग्रसरता लिएर योजनालाई अगाडि बढाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए । त्यसमा पनि पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने उनले धारणा छ ।