close

अर्थले माग्यो आउँदो बजेटका लागि सरोकारवालाबाट सुझाव

अर्थले माग्यो आउँदो बजेटका लागि सरोकारवालाबाट सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट निर्माणका लागि सरोकारवालाबाट सुझाव संकलन सुरु गरेको छ । मंगलबार सूचना निकाल्दै मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको हो ।

 

आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा विभिन्न संघ–संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चार क्षेत्र र सर्वसाधारणले चैत मसान्तभित्र सुझाव दिन सक्नेछन् ।

 

मन्त्रालयको बेवसाइटमा रहेको ‘बजेट सजेसन ट्याब’ मार्फत वा ‘बजेटजेसनएटएम ओएफडटजी ओभीडटएनपी’ मार्फतसमेत पठाउन सकिनेछ । आर्थिक आर्थिक वर्षको बजेट १५ जेठमा संसदमा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ । यसका लागि अर्थले सरोकारवालासँग भौतिक उपस्थितिमै समेत सुझाव संकलन थालेको छ ।

 

मंगलबार कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाबाट सुझाव लिइएको छ । मन्त्रालयले बजेट लेखनको प्रयोजनका लागि ५ सदस्यीय समिति गठन गरेको छ ।