close

बिहिबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडान

बिहिबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडान

Trulli
ADVERTISEMENT

नागरिक उड्डयन प्राधिकरणले बिहीबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो । बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी एयरबस विमानबाट परीक्षण उडान हुनेछ ।

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले परिक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट भोलि दिउँसो ३ बजे भैरहवाका लागि उड्ने छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किने छ ।

परिक्षण उडान भर्ने विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत २ सय ६० जनाको टोली रहने छ । उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षा लगायतका बारेमा जानकारी लिने प्राधिकरणले जनाएको छ ।

परिक्षण उडानपछि अब अन्य मुलुकहरूले पनि चार्टड उडान गर्न सक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए  । भैरहवा विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीहरूलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । यद्यपि, व्यावसायिक उडानका लागि औपचारिक पत्र भने पठाएका छैनन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।