close

गभर्नर अधिकारीको अन्तरिम आदेशले पायो निरन्तरता

गभर्नर अधिकारीको अन्तरिम आदेशले पायो निरन्तरता

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

 

सर्वोच्चले वैशाख ६ मा गभर्नर अधिकारीलाई पदीय जिम्मेवारीमा फर्कन अन्तरिम आदेश जारी गरेको थियो । दुवै पक्षको छलफलपछि सर्वोच्चले शुक्रवार अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।

 

सर्वोच्चले वैशाख ६ गते दिएको अन्तरिम आदेशपछि गभर्नर अधिकारी नियमित काममा फर्किएका थिए । शुक्रवारको आदेशपछि उनले तत्काल राष्ट्र बैंक छोड्नु पर्ने आश‌ंकाको समेत निवारण भएको छ ।