close

ग्याँसको मौजदात मागभन्दा दोब्बर छ : निगम

ग्याँसको मौजदात मागभन्दा दोब्बर छ : निगम

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले नेपालमा एलपी ग्याँसको अभाव नरहेको बताएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मासिक खपत ४५ हजार मेट्रिक टन रहेको तर, आयात त्यसको दोब्बर रहेकोले बजार अभाव नहुने जनाएको हो ।


निगमका अनुसार मार्चमा ७७ मेट्रिक टनभन्दा बढी र अप्रिलमा ८९ मेट्रिक टनभन्दा बढी एलपी ग्याँस आयात भएको भन्दै बजारको हल्ला र गलत समाचारको विश्वास नगर्न आग्रह गरेको हो ।

 

बजारमा अभावको हल्ला गरी कृतिम अभाव सिर्जना गरी अनुचित लाभ लिन खोजिएको भन्दै कानुनबमोजिम कारबारी गर्ने जनाएको छ । साथै यसबारे वाणिज्य विभाग र निगमले नियमित अनुगमणसमेत गरिरहेको जनाएको छ ।