close

मंगलबार पनि घट्यो सेयरबजार

मंगलबार पनि घट्यो सेयरबजार

Trulli
ADVERTISEMENT

काठमाडौं । कारोबार भएको साताको दोस्रो दिन मंगलबार पनि सेयरबाजार घटेको छ । यसदिन नेप्से परिसूचक ३५.५३ अंक घटेर २१३७.९२ विन्दुमा झरेको छ । 

 

मंगलबार सेन्सेटिभ इन्डेक्स ७.११ अंक घटेको छ । त्यसैगरी, फ्लोट इन्डेक्सन २.४० अंक  र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१० अंक घटेको छ । यसदिन बजार ओरालो लागे पनि उपकार लघुवित्तको सेयरको मूल्य ८.२३ प्रतिशत सर्वाधिक बढेको छ ।

 

यस्तै, कारोबारमा आएको नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य नकारात्मक सर्किट लागेको छ ।