close

बजेटबारे प्रतिपक्षीसहित कसको धारणा के ?

बजेटबारे प्रतिपक्षीसहित कसको धारणा के ?

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । 

 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । सार्वजनिक बजेटमाथि विभिन्न क्षेत्रबाट बजेटबारे आफ्नो धारणा सुरु भएको छ । 

 

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, ‘यो सरकारले चुनावका लागि आवश्यक खर्च छुट्याएको छु ।चालू आयोजनालाई निरन्तरता दिएको छु । दैनिक प्रशासनिकतर्फ आवश्यक बजेट व्यवस्था गरेको छुभन्नुपर्नेमा त्योभन्दा माथि उठेर बजेट ल्याएयो ।’

 

यो चुनावी सरकार भएकाले बजेट पूर्णकालीन सरकारले झैँ ल्याएको आरोप लगाए 

 

त्यस्तै, बजेटमा हावादारी  गफ बढ गरिएको भन्दै उनले भने, ‘वार्षिक ३० प्रतिशत रोजगारी सिर्जना, ८ प्रतिशत आर्थिक वृद्धिदर जस्ता हावादारी कुरा हुन् । 

 

यस्तै, पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले बजेटमा गुणात्मक महत्त्व राख्ने र संरचनात्मक परिवर्तन ल्याउने खालका कार्यक्रम नआएको भनी बजेटबारे टिप्पणी गरेका छन् ।

 

तर, उनले बजेटमा कृषिलाई दिएको प्राथमिकताबारे भने प्रशंसा गरे । ‘कृषिमा दिएको प्राथमिकता र नयाँ योजना प्रशंसनीय छन्,’ उनको भनाइ छ, ‘जस्तै कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्ने हो भने वैज्ञानिक भूमिसुधार नगरेसम्म, भूमिमा गरिबको पहुँच नबनेसम्म त्यो पुरा हुँदैन,’ उनले भने ।

 

अर्थविद् केशव आचार्यले समग्रमा बजेट ठीकै भए पनि ८ प्रतिशत आर्थिक वृद्धि महत्त्वाकांक्षी  भएको बताए । यस्तै, बजेटले अर्थतन्त्रलाई सकारात्मक दिशा दिन नसकेको अर्का अर्थशास्त्री डा। डिल्लीराज खनालको भनाइ छ ।

 

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बजेट समग्रमा राम्रो भएको बताएका छन् ।

  

बजेटले स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा राहत दिएको उनको भनाइ छ ।

यस्तै,   निजी क्षेत्रका तीन ठूला संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बजेट निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गर्न सफल भएको  जनाएको छ ।