close

सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ

सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको सुन आज प्रतितोला ४०० रुपैयाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार २६५रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।