close

सुनको मूल्य सामान्य बढ्यो

सुनको मूल्य सामान्य बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला २०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ४०० थियो ।     
     
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २९० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ ।