close

बुधबार ६० अंकले बढ्यो नेप्से परिसूचक

बुधबार ६० अंकले बढ्यो नेप्से परिसूचक

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयर बजार परिसूचक आज दोहोरो अंकले बढेको छ ।  बुधबार नेप्से परिसूचक ६०.२२अंकले बढर २०८०.४४ बिन्दुमा पुगेको छ ।

आज बजारमा एक अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २३१ कम्पनीको ५० लाख कित्ता सेयर खरिद बिक्री भएको हो ।

बुधबार सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा अरुण भ्याल्ली हाइड्रोपार छ । त्यस्तै धेरै कमाउनेमा उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त रहेको छ ।  आज यी दुई कम्पनीसँगै बलेफी हाइड्रोपारको मूल्य सर्किट लेभलमा बढेको छ । 

त्यस्तै आज सबैभन्दा धेरै माउन्टेन हाइड्रोले ४.११ प्रतिशतले गुमाएको छ।