close

सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत कायम रहने विश्वबैंकको प्रक्षेपण

सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत कायम रहने विश्वबैंकको प्रक्षेपण

Trulli
ADVERTISEMENT

काठमाडौं । विश्व बैंकले सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत कायम रहने प्रक्षेपण गरेको छ । 

‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले  सो प्रक्षेपण गरेको हो । त्यस्तै, विश्वबैंकले २०२३/२४ का लागि नेपालको वृद्धिदर ५.८ प्रतिशत रहने प्रक्षेपण गरेको छ । 

नेपालले भने आर्थिक वर्ष २०७८/७९ का लागि ५.८४ र आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । विश्व बैंकले सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदर यसअघि गत जनवरीमा अनुमान गरेको भन्दा कम रहने जनाएको छ ।

सन् २०२२ का लागि दक्षिण एसियाली क्षेत्रमा ७.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने यसअघिको प्रक्षेपणलाई ०.८ प्रतिशत बिन्दुले घटाएर ६.८ प्रतिशत कायम गरेको छ ।