close

सुनको मूल्य तोलामा ३०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ३०० रुपैयाँ घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनको मूल्यमा शुक्रबार प्रतितोला ३०० रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला ९८ हजार रहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेको छ ।  

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।