close

गरिमा विकास बैंकका ग्राहकलाई  सोल्टी होटलमा छुट

गरिमा विकास बैंकका ग्राहकलाई  सोल्टी होटलमा छुट

Trulli
ADVERTISEMENT

काठमाडौं । पाँचतारे होटल सोल्टी र गरिमा विकास बैंकबीच ग्राहक छुट योजनामा सम्झौता भएको छ । 

सम्झौताअनुसार होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा बैंका ग्राहकहरुले आर्कषक छुटको सुविधा पाउनेछन् । सम्झौताअनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्रहकहरूले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’बाट १० प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट बैकिङ्ग प्रदान गर्दै आएको छ ।