close

साकोस शिखर गोष्ठि–२०७९ सुरु

साकोस शिखर गोष्ठि–२०७९ सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । साकोस शिखर गोष्ठि–२०७९ सुरु भएको छ । गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरी सो  गोष्ठिको सुरुवात भएको हो । 

शिखर गोष्ठी–२०७९ को समुद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँड, राष्टिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित, विश्व ऋण परिषद्की प्रमुख कार्यकारी अधिकृत एलिजा म्याक काटर्र, एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी सान्रोकेको उपस्थित भएको छ । 

गोष्ठि भोलिसम्म चल्ने आयोजक साकोसले जानकारी दिएको छ । 

विगत ३४ वर्षदेखि सहकारीको अभियानमार्फत् सदस्य संस्थाहरुको प्रवद्र्धन, निरन्तर दीगो विकास र सशक्तीकरण गर्दै आएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडले आफ्नो चौथो साकोस शिखर गोष्ठि– २०२२ द होटल सोल्टीमा गरेको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको एक्यबद्धतासहित घोषणापत्र जरी गरी गोष्ठि समापन हुने सो संस्थाले जानकारी दिएको छ । 

गोष्ठिमा सातै प्रदेशबाट ५० जिल्लाका ६५० भन्दा बढी सहकारीकर्मी र सरोकारकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेकाे सकोसले जानकारी दिएको छ ।