close

सिवाईसी नेपालको आईपीओ भोलिदेखि दोस्रो बजारमा

सिवाईसी नेपालको आईपीओ भोलिदेखि दोस्रो बजारमा

Trulli
ADVERTISEMENT

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणका लागि १२ लाख १६ हजार ४१८ कित्ता निष्काशन गरी बाँडफाँडपश्चात जेठ २७ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै संस्थाको उक्त सेयर सोमबार (जेठ ३० गते) देखि दोश्रो बजारमा किनबेच हुनेछ । जसको लागि कम्पनीको सिम्बोल ‘सिवाईसीएल’ दिइएको छ ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३४४.३६ रुपैयाँ र अधिकतम १०३३.०८ रुपैयाँ तोकेको छ । यससँगै भोलि अर्थात सोमबारको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार हुने छ ।