close

सातामा शनिबारबाहेक ६ दिन सेयर बजार खुल्ने

सातामा शनिबारबाहेक ६ दिन सेयर बजार खुल्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । आगामी असार १ गतेदेखि लागु हुने गरी सेयर बजार साताको ६ दिन खुल्ने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको सेयर कारोबार अब ६ दिन खुलाउने भएको हो ।

आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार सो निर्णय गर्नलाई धितोपत्र बोर्डको स्वीकृति नचाहिँने भएकोले असार १ गतेदेखि नै लागू हुनेछ । 

यसअघि नेप्सेले आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार खुला गरिएको थियो । बीचमा सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको सट्टा शुक्रबार सेयर कारोबार खुलाउँदै आएको छ । तर, सरकारले अब असारदेखि आइतबार बिदा नदिने भएपछि नेप्सेले आइतबा र शुक्रबार पनि खुला गर्ने जनाएको हो ।