close

मधेश प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोड बजेट

मधेश प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोड बजेट

Trulli
ADVERTISEMENT

जनकपुर । मधेश प्रदेश सरकारले झण्डै ४७ अर्बको बजेट ल्याएको छ। बुधवार मधेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका हुन् । 

बुधबार प्रदेश सभाको ९औं अधिवेशनको छैठौं बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९२ हजार कुल बजेटको ४६.४४ प्रतिशत र पूँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३.२१ प्रतिशत बजेट सार्वजनिक गरेको छ ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार २०० अर्थात् ०.३५ प्रतिशत बजेट विनियोजन गरे ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट विनियोजन गरेको थियो ।