close

बिहीबार ११ अंकले बढ्यो शेयर बजार

बिहीबार ११ अंकले बढ्यो शेयर बजार

Trulli
ADVERTISEMENT

काठमाडौं । बिहीबार सेयर बजार १०.९२ अंकले वृद्धि भएको छ । पछिल्लो समय दैनिक घटिरहेको बजार बिहीबार सामान्य वृद्धि भएको हो । 

नेप्से परिसूचक आज १०.९२ अंकले बढेर १९७७.२९ अंकमा रोकिएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशतले बढी हो ।

बिहीबारको बजारमा १ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२१ वटा कम्पनीको कारोबारमा आएको बजारमा ३५ लाख ५५८७ हजार कित्ता सेयर किनबेच भएको छ । 

जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा नेपाल दूरसञ्चार कम्पनी रहेका छन् । दूरसञ्चारको एकैदिन १३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोस्रो स्थानमा एनसीसी बैंक छ । बैंकको एकैदिन १० करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

बिहीबार आधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै रिभर फल्सको ९.९७ प्रतिशतले बढेको छ । 

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा लुम्बिनि जेनेरल  इन्स्युरेन्स र राष्ट्र उत्थान लघुवित्त छन् । दुई कम्पनीले क्रमश: ३.८० र ३.४१ प्रतिशतले गुमाएका हुन् ।