close

दुई घण्टा खुलेको शेयर बजार बन्द, ७.५७ अंकले घट्यो

दुई घण्टा खुलेको शेयर बजार बन्द, ७.५७ अंकले घट्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । पहिलो पटक शु्क्रबार २ घण्टाका लागि खुलेको सेयर बजार ७.५७ अंकले घटेको छ । पछिल्लो समय दैनिक घटिरहेको छ । एक हप्तापछि बिहीबार १० अंकले बढे पनि शु्क्रबार घटेको हो । 

नेप्से परिसूचक आज ७.५७ अंकले घटेर र १९७१.३६ अंकमा झरेको छ । शुक्रबार ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२० वटा कम्पनीको कारोबारमा आएको बजारमा २३ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । 

जसमध्ये सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा नेपाल दूरसञ्चार कम्पनी रहेका छन् । दूरसञ्चारको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोस्रो स्थानमा सेन्चुरी बैंक छ । बैंकको एकैदिन साढे ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

शुक्रबार आधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।  त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा रिभर फल्स ५.९३ प्रतिशत रहेको छ।