close

प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिले सेयरबजारमा असर पर्‍यो : अर्थमन्त्री

प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिले सेयरबजारमा असर पर्‍यो : अर्थमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिले सेयर बजारमा असर गरेको बताएका छन् ।

सोमबार आर्थिक विधेयकबारे प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

सेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सरोकारवाला निकाय रहने गरी समिति बनाइएको बताउँदै उनले पछिल्लो समय प्रतिस्थापन विधेयक आएपछि आएको मौद्रिक नीतिका कारण बजार प्रभावित भएको स्पष्ट संकेत गरे ।