close

महँगोमा खरिद गर्नुपर्ने भएकाले पेट्रोलको मूल्य बढेको मन्त्री बडूको स्पष्टोक्ति

महँगोमा खरिद गर्नुपर्ने भएकाले पेट्रोलको मूल्य बढेको मन्त्री बडूको स्पष्टोक्ति

Trulli
ADVERTISEMENT

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढ्नुलाई बाध्यात्मक रहेको बताएका छन् । 

सोमबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेको बताउँदै यस्तो बताएका हुन् । 

पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले विदेशबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्था नरहेको उनको भनाइ थियो । 

‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन । बाहिरको बजारमा जे रेट छ त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएका रेटमा बेच्न सक्दैनौं । अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको अवस्था हो’ मन्त्री बडुले भने, ‘अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको छ । पेट्रोलियम पदार्थ खरिद गरे बापत भारतलाई २२ अर्ब रुपैया तिर्नुपर्ने अवस्था छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ ।’