close

हप्तामा २ दिन बिदा दिँदा पेट्रोलयम पदार्थको खपत ११ प्रतिशत घट्यो : निर्देशक थानी

हप्तामा २ दिन बिदा दिँदा पेट्रोलयम पदार्थको खपत ११ प्रतिशत घट्यो : निर्देशक थानी

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपाल आयल निगमले हप्तामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थको खपत ११ प्रतिशतले घटेको बनाएको छ । 

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यस्तो जानकारी गराएका हुन् । 

वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशत घटेको उनको भनाइ थियो । 

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर रहेको र वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको उनले बताए । तर जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थानीले बताए ।

यसअघि केही समयका लागि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिँद आएको थियो । तर, सो बिदा यही असार १ बाट कट्टा भएको छ ।