close

राप्ती हाइड्रोको आइपीओमा आवेदन दिने समय लम्बियो

राप्ती हाइड्रोको आइपीओमा आवेदन दिने समय लम्बियो

Trulli
ADVERTISEMENT

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा आवेदन दिने समय लम्ब्याएको छ । कम्पनीको आइपीओमा अब असार १० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि यस अघि असार ७ गतेसम्म आवेदनको मिति तोकिएको थियो । सो अवधिमा पनि पर्याप्त आवेदन नआएका कारण आवेदन दिने समय लम्बिएको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिम जिल्लाका बासिन्दाका लागि आइपीओ निष्कासन गर्दै छ ।

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्ने भएको हो ।

कम्पनीको जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ छ। जसमध्ये ६ करोड १२ लाख ७९ हजार ३८० रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने जनाएको छ । 

प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै, अधिकतम ६ लाख कित्ताका लागि आवेदन पेश गर्न सकिनेछ ।

असार १० गतेसम्म पनि पर्याप्त आवेदन नआए आवेदन आवधि असार २२ गतेसम्मलाई लम्ब्याइनेछ । कम्पनीले जेठ २४ गतेदेखि आइपीओ बिक्री खुलाएको थियो । 

हाल कम्पनीले रुकुम गाड जलविद्युत आयोजना निर्माण गर्ने क्रममा छ । आयोजनाको जडित क्षमता ५ मेगावाट हुनेछ ।