close

३७ दशमलव ४९ अंकले बढ्यो नेप्से परिसूचक

३७ दशमलव ४९ अंकले बढ्यो नेप्से परिसूचक

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयरबजार आज दोहोरो अंकले बढेको छ ।

सेयरबजार परिसूचक नेप्से आज ३७ दशमलव ४९ अङ्कले बढेर एक हजार नाै सय २२ दशमलव ३० विन्दुमा पुगेको छ ।

सबै समूहको सेयर बढेर आज बजार हरियो देखिएको छ ।

यस्तै दुई सय ३१ वटा कम्पनीकाे ३७ लाख १२ हजार कित्ता सेयर एक अर्ब २३ करोड ८५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै आँधीखोला र सिवाइसी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । तेह्रथुम पावर कम्पनीको सेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।