close

आन्दोलन त्याग्न नेपाल धितोपत्र बोर्डको आग्रह

आन्दोलन त्याग्न नेपाल धितोपत्र बोर्डको आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आन्दोलनरत सेयर लगनीकर्तालाई आन्दोलनका सबै कार्यक्रम त्याग्न  आग्रह गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष रमेशकुमार हमालले अधिकांश माग सम्बोधन भइसकेको र केही सम्बोधनका क्रममा रहेको बताउँदै यस्तो बताएका हुन् । 

आन्दोलनरत लगानीकर्तासँग वार्ता समिति बनाउन भन्दा पनि मागहरु कार्यन्वनयन मै जाउँ भन्ने नीतिअनुसार माग सम्बोधनमा बोर्डले चासो राखेको पनि उनले बताए ।

‘हामी सयम तालिका बनाएर लगानीकर्ताका मागहरु सम्बोधनका काम अघि बढाइरहेका छौं,’ हमालले भने, ‘लगानीकर्ताको मागहरु बोर्ड कै हुन् तिनीहरु केही कार्यन्वनयनका चरणमा छ, केही कार्यन्वयनमा गइसकेको छ ।’

यस्तै, धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारसम्बन्धी नीति ल्याउनु अघि  राष्ट्र बैंकले समन्वय गर्नुपर्ने बताए । 

‘कुनै पनि क्षेत्रलाई प्रभावित हुने गरी एक पक्षीय नीति आउनु हुन्न,’ बोर्ड अध्यक्ष हमालले भने, ‘राष्ट्र बैंकले अर्थ मन्त्रालयमार्फत आन्तरिक समन्वय गर्नुपर्छ ।’

वर्तमान अवस्थामा पूँजी बजार घट्नु विश्वभरिको ट्रेन्ड नै भएको भन्दै हमालले नेपालमा भने मौद्रिक नीतिको केही व्यवस्थातर्फ विज्ञहरुले संकेत गरेको बताए ।