close

तोलामा २०० रुपैयाँ बढ्यो सुनको मूल्य

तोलामा २०० रुपैयाँ बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ । 
यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।