close

टेम्केमैयुङले ल्यायो ९ करोड ६२ लाख बराबरको बजेट

टेम्केमैयुङले ल्यायो ९ करोड ६२ लाख बराबरको बजेट

Trulli
ADVERTISEMENT

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७९/०८० सालको बजेट ९ करोड ६२ लाखको ल्याउन लागेको छ । 

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारी कार्यक्रम बजेटमा समेटिने गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले कृषि पछि पर्यटन शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । टेम्केमैयुङ गाउँपालिकामा पर्यटन पर्वद्धनको सम्भावना धेरै भएकाले पर्यटनलाई प्राथमिकता राखेर बजेट ल्याउन लागिएको हो ।

यो गाउँपालिकाभित्र ट्याम्के डाँडा, चखेवा, हाँसपोखरी , मैयुङ डाँडालगायत रमणीय पर्यटकीय क्षेत्रहरू छन् ।