close

रसुवागढीको आईपीओ खुल्यो

रसुवागढीको आईपीओ खुल्यो

Trulli
ADVERTISEMENT

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि ६८ करोड बढी मूल्यको बराबरको आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो । सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै सेयर जारी गरेर दोस्रो बजारमा खरिद बिक्रीसमेत हुँदै आइरहेको छ । 

कम्पनीले स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको १० प्रतिशत बराबरले हुने ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

यो सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू, वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।